Skip to content

नेपा ली (Nepali)

वृद्धवृद्धा स्वास्थ्य स्याहार भाउचर स्किमको जानकारीपत्र

शिर्षकः

वृद्ध स्वास्थ्य हेरचाह भाउचर योजना

योजना हटलाइनः
2838 2311

भौचर ब्यालेन्स जाँच गर्दैः
2838 0511

मुख्य विशेषताहरू

वृद्धवृद्धा स्वास्थ्य स्याहार भाउचर स्किम वृद्धवृद्धाहरूलाई उनीहरूको स्वास्थ्य आवश्यकताहरू अनुरुप सबैभन्दा उपयुक्त हुने निजी प्राथमिक स्वास्थ्य स्याहार सेवाहरू प्राप्त गर्नका लागि आर्थिक अनुदान उपलब्ध गराउन 1 जनवरी 2009 देखि लागू गरिएको छ ।

हङकङमा बसोबास गर्ने वा बसाइको कुनै पनि शर्तबिना (बसाइको सीमा बाहेक) रहने पूर्व अनुमतिका आधारमा स्वीकृति प्रदान गरिए अनुसार हङकङ परिचय कार्ड प्राप्त गरेका र त्यस्तो अनुमतिको म्याद समाप्त भएका वा वैध नरहेकामा वृद्ध व्यक्तिहरू बाहेक 65 वर्ष वा सोभन्दा बढी उमेर र वैध हङकङ परिचय कार्ड वा आप्रवासन विभागद्वारा जारी गरिएको छुटको प्रमाणपत्र भएका वृद्धवृद्धाहरू निजी प्राथमिक स्वास्थ्य स्याहार सेवाहरूका लागि भुक्तानी गर्न भाउचरहरू प्राप्त तथा प्रयोग गर्न योग्य हुन्छन् । पूर्व–दर्ता गर्न भाउचरहरूलाई सङ्कलन गर्न वा बोक्न आवश्यक पर्दैन ।

हरेक योग्य वृद्ध व्यक्तिहरू का लागि वार्षिक भाउचर रकम $2,000 हुन्छ ।

भाउचरहरूको सञ्चय सीमा $8,000 हुन्छ। ओप्टोमैट्री सेवाहरुमा खर्च गर्न सकिने वाउचर कोटा प्रत्येक दुई बर्षमा $2,000 मा क्याप्ड छ।

भाउचरहरूलाई कस्ता प्रकारका स्वास्थ्य स्याहार सेवाहरूका लागि प्रयोग गर्न सकिन्छ ?

भाउचरहरूलाई स्किममा नाम दर्ता गराएका निम्न निजी स्वास्थ्य स्याहार पेशाकर्मीहरूद्वारा उपलब्ध गराइएका प्राथमिक स्वास्थ्य स्याहार सेवाहरूका लागि भुक्तानी गर्न प्रयोग गर्न सकिन्छः

  • रजिस्टर्ड मेडिकल प्राक्टिसनरहरू
  • रजिस्टर्ड चाइनिज मेडिसिन प्राक्टिसनरहरू
  • रजिस्टर्ड डेन्टिस्टहरू
  • रजिस्टर्ड चिरोप्राक्टरहरू
  • रजिस्टर्ड नर्सहरू नाम दर्ता गराएका नर्सहरू
  • रजिस्टर्ड फिजियोथेरापिस्टहरू
  • रजिस्टर्ड अकुपेसनल थेरापिस्टहरू
  • रजिस्टर्ड रेडियोग्राफरहरू
  • रजिस्टर्ड मेडिकल ल्याबोरेटरी टेक्नोलोजिस्टहरू
  • रजिस्टरको भाग 1 का रजिस्टर्ड ओप्टेमेट्रिस्टहरू

सरकारको स्वास्थ्य सेवा पेशाहरूको लागि मान्यता प्राप्त दर्ता योजना अन्तर्गत मान्यता प्राप्त सम्बन्धित स्वास्थ्य सेवा पेशेवर निकायसँग दर्ता गरिएको:

  • अडियोलोजिस्टहरू
  • आहार विशेषज्ञहरू
  • क्लिनिकल मनोवैज्ञानिकहरू
  • स्पीच थेरापिस्टहरू

के मैले भाउचरहरूलाई गैर–उपचारात्मक सेवाहरूका लागि प्रयोग गर्न सक्छु ?

उपचारात्मक सेवाहरूका अतिरिक्त तपाईंले उपयुक्त स्वास्थ्य मूल्याङ्कन तथा दाँतको जाँच जस्ता पुनः सामान्य अवस्थामा ल्याउने तथा रोकथाम स्याहार सेवाहरू लगायत अन्य निजी प्राथमिक स्वास्थ्य सेवाहरूका लागि पनि भाउचरहरूलाई प्रयोग गर्न सक्नुहुन्छ । तथापि सो भाउचरहरू प्रयोग गर्दा निश्चित आवश्यकताहरूलाई अनिवार्य पूरा गरिनुपर्छः

  • भाउचरहरूलाई औषधि चश्मा सुकाइएका समुन्द्री खानेकुरा व्यक्तिगत हेरचाह उत्पादन खाद्य उत्पादन वा चिकित्सकीय उपकरणहरू जस्ता उत्पादनहरू खरिद गर्नका लागि मात्र वा रिडिम नगद गर्न सकिन्न । साथै स्टाफलाई रोजगार दिन पनि भौचर प्रयोग गर्न सकिदैन।
  • अन्यथा निर्दिष्ट नगरिएसम्म भाउचरहरूलाई सरकारद्वारा आर्थिक अनुदान प्रदान गरिएका सार्वजनिक स्वास्थ्य स्याहार सेवाहरू (हस्पिटल अथोरिटीले निजी क्षेत्रबाट खरिद गर्ने स्वास्थ्य स्याहार सेवाहरू उदाहरणका लागिः सामान्य बहिरङ्ग क्लिनिक सार्वजनिक–निजी साझेदारी कार्यक्रम लगायत) का लागि प्रयोग गर्न सकिन्न
  • भाउचरहरू इनपेन्टेन्ट सेवाहरू, प्रि-पेड स्वास्थ्य सेवाहरू, र दिनको शल्यक्रिया प्रक्रियाहरू, जस्तै मोतीबिन्दुको शल्यक्रिया वा एन्डोस्कोपीका लागि प्रयोग गर्न सकिँदैन।
  • वृद्ध व्यक्तिहरूले यस योजनामा भाग लिने सेवा प्रदायकहरूद्वारा उपलब्ध गराइएका स्वास्थ्य सेवाहरू व्यक्तिगत रूपमा प्राप्त गर्नुपर्छ उनीहरूले सान्दर्भिक सेवा शुल्कहरू तिर्न भाउचरहरू प्रयोग गर्न सक्नु अघि हो।
  • हरेक पटक प्रयोग गरिएको भाउचर रकम सो समयमा प्रदान गरिएका स्वास्थ्य स्याहार सेवाहरूमा लागेको शुल्कभन्दा बढी हुनुहुँदैन

मैले भाउचरहरूलाई कसरी सङ्कलन वा प्रयोग गर्न सक्छु ?

तपाईंले भाउचरहरूलाई अग्रिममा सङ्कलन गर्न आवश्यक छैन । योग्य वृद्ध व्यक्तिहरूले निम्न सरल कदमहरू चालेर भाउचरहरूलाई प्रयोग गर्न सक्छन्ः

  • (1) स्किममा सहभागी स्वास्थ्य स्याहार सेवा प्रदायकलाई आफ्नो वैध हङकङ परिचय कार्ड वा छुटको प्रमाणपत्र देखाउनुहोस् (स्किमको लोगो उनीहरूको क्लिनिक वा सेवा प्रदान गर्ने स्थानहरूमा देखिनेगरी प्रदर्शित गरिएको हुन्छ) र तपाईंले भाउचरहरूलाई प्रयोग गर्ने चाहेको भनेर जानकारी गराउनुहोस् । कृपया याद राख्नुहोस् कि यदि तपाईंले परिचय खुलाउने वैध कागजपत्र देखाउन सक्नुभएन भने तपाईंलाई भाउचरहरू प्रयोग गर्न अनुमति हुँदैन ।

    तपाई हङकङ परिचय कार्ड स्मार्ट परिचय पत्र रिडरमा घुसाउन सक्नुहुनेछ र प्रणालीले भौचर प्रयोगको लागि आवश्यक व्यक्तिगत डेटा पढ्नेछ।
  • (2) यदि तपाईंले भाउचरहरूलाई पहिलोपटक प्रयोग गर्दै हुनुहुन्छ भने स्वास्थ्य स्याहार सेवा प्रदायकले तपाईंका लागि व्यक्तिगत भाउचर एकाउन्ट बनाइदिनुहुनेछ । भाउचरहरूलाई प्रयोग गर्न तपाईं योग्य भएको वर्षको आधारमा उपयुक्त भाउचर रकम तपाईंको एकाउन्टमा डिपोजिट गरिनेछ । स्वास्थ्य स्याहार सेवा प्रदायकले एकाउन्ट बनाइदिँदा तपाईंलाई शुल्क लगाउनुहुँदैन ।
  • (3) व्यक्तिगत रूपमा स्वास्थ्य सेवा प्राप्त गरेपछि, तपाईंले प्रयोग गरिने भाउचर रकम बुझ्नुपर्छ र स्वीकार गर्नुपर्छ। स्वास्थ्य सेवा प्रदायकले तपाईंको लागि दावी पेश गर्नेछ र तपाईंलाई ""स्वास्थ्य हेरचाह भौचरको प्रयोग बारे सूचना" को प्रतिलिपि दिनेछ। तपाईंको खातामा अपडेट गरिएको भाउचर ब्यालेन्सको साथ हो।

मलाई कसरी थाहा हुन्छ कि एक स्वास्थ्य सेवा प्रदायक योजनामा नामांकन गरिएको छ?

योजनामा सहभागी हुने स्वास्थ्य सेवा प्रदायकहरूले उनीहरूको क्लिनिक वा सेवा बिन्दुहरूमा सजिलै पहिचानको लागि योजनाको लोगो प्रदर्शन गर्नेछन्।

योजनामा भर्ना भएका स्वास्थ्य सेवा प्रदायकहरूको सूची प्राप्त गर्न तपाईंले योजनाको वेबसाइट www.hcv.gov.hk मा पनि ब्राउज गर्न सक्नुहुन्छ। परिवारका सदस्य वा हेरचाहकर्ताहरूले पनि सहयोग प्रस्ताव गर्न सक्छन्।

मैले मेरो भाउचरको ब्यालेन्सलाई कसरी जाँच गर्न सक्छु ?

यदि तपाईंले पहिला नै आफ्नो भाउचर एकाउन्ट बनाइसक्नुभएको छ भने तपाईं वा तपाईंले अधिकार प्रदान गर्नुभएको तपाईंका नातेदार÷साथीहरूले तपाईंको हङकङ परिचयपत्र नम्बर तथा जन्म मिति प्रविष्ट गरेर निम्न कुराहरूलाई स्किमको वेबसाइट www.hcv.gov.hk बाट वा भाउचरको ब्यालेन्स सोधपुछ हटलाइन 2838 0511 मा फोन गरेर जाँच गर्न सक्नुहुन्छः तपाईंको भाउचरको ब्यालेन्स ओप्टेमेट्रि (आँखाको दृष्टि वा दोषहरू जाँच गर्ने) सम्बन्धी सेवाहरूका लागि प्रयोग गर्न सकिने भाउचरहरूको रकम र आउँदो वर्षको जनवरी 1 मा सञ्चय सीमाभन्दा बढी भएको कारणले गर्दा फिर्ता लिइने अपेक्षा गरिएको भाउचरको रकम (भाउचरहरूको सञ्चय सीमा $8,000 आदि हुन्छ) ।

तपाईं वा तपाईंका आफन्तहरू/साथीहरूले पनि आफ्नो कारोबार इतिहास र भौचर ब्यालेन्स जाँच गर्न "醫健通eHealth" एप प्रयोग गर्न सक्नुहुन्छ।

कृपया तपाईं आफ्नो अन्तिम परामर्शमा स्वास्थ्य सेवा प्रदायकबाट प्राप्त “स्वास्थ्य स्याहार भाउचरको प्रयोगको सूचना“ मा देखाइएको भौचर ब्यालेन्सलाई पनि सन्दर्भ गर्न सक्नुहुन्छ।

मैले हरेक पटक स्वास्थ्य स्याहार सेवाहरू प्राप्त गर्दा प्रयोग गर्न सकिने भाउचर रकममा कुनै सीमा छ ?

2019 बाट सुरु हुनेगरी ओप्टेमेट्रिसम्बन्धी सेवाहरूका लागि हरेक योग्य वृद्ध व्यक्तिहरूद्वारा खर्च गर्न सकिने भाउचरहरूको रकमको उच्चतम सीमा हरेक दुई वर्षका लागि $2,000 बनाइएको छ (कोटा) । माथिको व्यवस्था वृद्ध व्यक्तिहरूहरूलाई अन्य प्राथमिक स्वास्थ्य स्याहार सेवाहरूमा प्रयोगका निम्ति उचित ब्यालेन्स राख्दै ओप्टेमेट्रिसम्बन्धी सेवाहरू प्रयोग गर्न लचकता प्रदान गर्नका लागि हो । ओप्टेमेट्रिसम्बन्धी सेवाहरूका लागि प्रयोग गर्न सकिने भाउचरहरूको रकम वृद्ध व्यक्तिहरू को उपलब्ध भाउचर ब्यालेन्स उपलब्ध कोटा तथा उहाँको इच्छाका आधारमा हुन्छ ।

माथि उल्लेख गरिएकोमा बाहेक तपाईंले हरेक पटक स्वास्थ्य स्याहार सेवाहरू प्राप्त गरेपछि प्रयोग गर्न सकिने भाउचर रकममा कुनै सीमा छैन तर भाउचर रकम सो समयमा प्रदान गरिएका स्वास्थ्य स्याहार सेवाहरूमा लागेको शुल्कभन्दा बढी हुनुहुँदैन

के मेरो एकाउन्टमा खर्च नभएर सञ्चय भएको भाउचर रकममा सञ्चय सीमा हुन्छ ? के भाउचर रकमको समाप्ति मिति हुन्छ ?

हरेक वर्षको जनवरी 1 मा सो वर्षका लागि तपाईंले प्राप्त गर्न योग्य रहेको भाउचर रकम तपाईंको भाउचर एकाउन्टमा स्वतः डिपोजिट हुनेछ । अघिल्ला वर्षहरूमा खर्च नगरिएका भाउचर रकम आउने वर्षमा स्थानान्तरण गर्न सकिन्छ र समाप्ति मिति भन्ने जस्तो कुनै कुरा हुँदैन तर $8,000 को सञ्चय सीमा भने रहन्छ । अर्को शब्दमा सो वर्षका लागि योग्य वृद्ध व्यक्तिहरूद्वारा प्राप्त गरेको भाउचर रकम र अघिल्ला वर्षहरूमा खर्च नगरेर स्थानान्तरण गरिएका भाउचर रकमको कुल जोड $8,000 को सञ्चय सीमाभन्दा बढी हुनुहुँदैन ।

सञ्चय सीमाभन्दा बढी हुने कुनै पनि भाउचर रकमलाई फिर्ता लिइने हुँदा तपाईंलाई समझदारीपूर्वक योजना बनाउन र भाउचरहरूलाई राम्रोसँग प्रयोग गर्न प्रोत्साहित गरिन्छ ताकि तिनीहरूलाई तपाईंको स्वास्थ्य आवश्यकताहरू अनुरुप सबैभन्दा उपयुक्त हुने निजी प्राथमिक स्वास्थ्य स्याहार सेवाहरूमा खर्च गर्न सकियोस् ।

थप जानकारी

वृद्धवृद्धा स्वास्थ्य स्याहार भाउचर स्किमका सम्बन्धमा थप जानकारीका लागि कृपया स्किमको वेबसाइट www.hcv.gov.hk मा जानुहोस् वा 2838 2311 मा फोन गर्नुहोस् ।

(December 2023)

"Scan QR Code" in WeChat and tap "..." to share.